दोल्ती पावरको आईपीओ भोलि शुक्रबार बाँडफाँट हुने : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

दोल्ती पावरको आईपीओ भोलि शुक्रबार बाँडफाँट हुने

मेरो आर्थिक मेरो आर्थिक वैशाख ७ गते २०८०

दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन गरेको आईपीओ भोली शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा शुक्रबार दिउँसो ३ बजे शेयर बाँडफाँट हुने भएको हो ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ३९ हजार आवेदकबाट १ अर्ब ४७ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख कित्ता शेयरको लागि आवेदन थियो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख २७ हजार १८६ आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?