कुमारी बैंकको चाडपर्व लक्षित आकर्षक अफरहरु सार्वजनिक


कुमारी बैंकले दसैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा आकर्षक सुविधा सहितको बिभिन्न अफरहरु सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई सेवादिन उक्त अफरहरु ल्याएको हो ।
बैंकले निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दसैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको जनाएको छ । २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई एक लाख रुपैयाँको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको बैंकले जनाएको छ।
अन्य बचत खाताहरुमा २० हजार रुपैयाँको मेडिकल बीमा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।
साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिटरक्रेडिट कार्ड सुविधा प्रदान गर्ने जनाएको छ ।