नेप्सेले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग्यो : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

नेप्सेले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग्यो

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३१ गते २०८२

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ ।

बुधवार एक सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन भनेको छ । नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नुपर्ने भएको छ ।

नेप्सेको वेबसाइटमा गएर उपलब्ध नोट्स लगइन गरेर सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीको विवरणहरू अपलोड गर्नुपर्ने निर्देशन दिएको छ । सूचीकृत कम्पनीले प्रविष्ट भएका विवरणहरू नेप्सेको वेबसाइटमा मार्फत लगानीकर्तालाई सम्प्रेषण हुने जनाएको छ ।