Skip to content
logo
पौष ७ गते २०८१ समयः

विद्युत् आपूर्ति भरपर्दो बन्यो सबस्टेसन बनेपछि

मेरो आर्थिक
मेरो आर्थिक
पौष २६ गते २०७९

तनहुँमा विद्युत् सबस्टेसन निर्माण भएपछि दुई जिल्लाका सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडतर्फ घिरिङ–४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएपछि दुई जिल्लाका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका हुन् ।

हाइड्रोपावरले निर्माण गरिरहेको एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको छ ।

घिरिङ सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वको केही भागमा विद्युत् आपूर्ति हुनेछ

तनहुँकै मार्कीचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने ३३ केभी लाइनको निर्माण पनि अन्तिम चरणमा छ ।

दुई सबस्टेसन निर्माण तथा विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग विसं २०७५को मङ्सिरमा ठेक्का सम्झौता गरिएको थियो । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।

Add a new comment