Skip to content
logo
पौष ७ गते २०८१ समयः

रोयल्टी रु आठ करोड ; अन्नपूर्ण गाउँपालिका

मेरो आर्थिक
मेरो आर्थिक
माघ ३ गते २०७९
रोयल्टी रु आठ करोड ; अन्नपूर्ण गाउँपालिका

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा रु आठ करोडभन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ ।

छ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विजुली एक वर्षदेखि केन्द्रीय प्रशासरण लाइनमा जोडिएको छ । कूल ७१ मेगावाटको निलगिरि क्यास्केट, ३८ मेगावाटको निलगिरी खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन् । निलगिरि १ र २ दुवैले चालु आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्य राखेको छ ।

नारच्याङमा सञ्चालित जलविद्युत् आयोजनाबाट पाँच सयभन्दा बढीले रोजगारी पाएका छन्। विद्युत् आयोजनाले स्थानीय तीन वटा विद्यालयका शिक्षकको तबल भत्ता, अन्य खेलकुद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

जलविद्युत् आयोजनाबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत वार्षिक रू दुई करोड पनि यही वडाभित्र खर्च हुनेगरेको छ । निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले मनग्य सामाजिक क्षेत्रमा सहयोग पाएको छ । जलविद्युत् आयोजनाकै कारण गाउँको विकासमा सहयोग पुगेको र स्थानीयले रोजगारी पनि पाएका छन् ।

Add a new comment