Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

दैनिक १८ जनाको निःशुल्क डायलाइसिस अब भेरी अस्पतालमा

मेरो आर्थिक
मेरो आर्थिक
माघ ८ गते २०७९
दैनिक १८ जनाको निःशुल्क डायलाइसिस अब भेरी अस्पतालमा

नेपालगञ्जको भेरी अस्पतालले पहिला तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो । अब दैनिक १८ जना मृगौला रोगीको निःशुल्क डायलाइसिस हुने भएको छ ।

अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।

त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको छ ।

Add a new comment