Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

दाङ ; सीता एयरले आज परीक्षण उडान गर्दै

मेरो आर्थिक
मेरो आर्थिक
माघ १३ गते २०७९
दाङ ; सीता एयरले आज परीक्षण उडान गर्दै

दाङ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । सीता एयरले आज परीक्षण उडान गर्दैछ ।

दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको छ ।

हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा रु आठ हजार आठ सय १० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार र अधिकतम रु १२ हजार रहेको छ । हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।

Add a new comment