माघ २२ गते २०८२ --:--:--
मेनु

स्वास्थ्यमन्त्री पदम गिरी र डब्लुएचओका निर्देशकबीच भेटवार्ता

मेरो आर्थिक मेरो आर्थिक फागुन ११ गते २०७९ ७:४४ AM
स्वास्थ्यमन्त्री पदम गिरी र डब्लुएचओका निर्देशकबीच भेटवार्ता

पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा बिरामी सुरक्षासम्बन्धी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससमा भेटवार्ता भएको छ ।

मन्त्री गिरीले भेटमा विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको लागि धन्यवाद दिनुभयो । पोलियो खोप,लगायत विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारणमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा टेड्रोसप्रति आभार प्रकट गर्नुभयो ।

भूकम्प, हैजाको प्रकोप, कोभिडविरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठनले खेलेको भूमिकाको लागिसमेत मन्त्री गिरीले उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?