Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

किष्ट शिक्षण अस्पतालको पहिलो पटक कलेजो प्रत्यारोपण

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १४ गते २०८०
किष्ट शिक्षण अस्पतालको पहिलो पटक कलेजो प्रत्यारोपण

ललितपुर स्थित किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ । किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो । नेपालमा प्राइभेट अस्पतालहरु मध्ये मृगौला र कलेजो दुवै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल भएको किष्ट अस्पतालले जनाएको छ ।

कलेजो प्रत्यारोपण कार्यमा नेपाल तथा भारतका वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ग्यास्ट्रो सर्जन, एनेस्थेसिओलोजिस्ट, ट्रान्सप्लान्ट हेपाटोलोजिस्टि, ब्लडबैंक, अपरेसन थिएटर, रेडियोलोजी तथा नर्सिङ्गका दक्ष प्राविधिकहरु गरी ४० जना परिचालित थिए ।

उक्त शल्यक्रिया सम्पन्न गर्न भारतस्थित इन्दप्रस्थ अपोलो अस्पतालका डा। निरभ गोयल, डा। अरुणकुमार भेनुथुरिमिल्ली र डा। सञ्जिव अनेजाको सहभागी रहेको थियो भने प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा।डा। मुकुन्दराज जोशीको नेतृत्वमा डा। एकानन्द सिंह, डा। वरुण श्रेष्ठ लगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोइन्टेरोलोजी विभागका सदस्यहरुको सहभागिता रहेको थियो । प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो ।

मानव शरीरमा पाचन प्रक्रिया तथा अन्य धेरै शारीरिक प्रणालीहरु सुचारु रुपले सञ्चालन हुनमा कलेजोको अत्यन्त महत्वपूर्ण योगदान हुन्छ, साथै यसको रक्त सञ्चार प्रणाली जटिल प्रकारको रहेको हुन्छ ।

Add a new comment