Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलेऊ: त्रिवि स्ववियु

मेरो आर्थिक
मेरो आर्थिक
असार ७ गते २०८०
आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलेऊ: त्रिवि स्ववियु

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह गरेको छ । सचिव सिद्धान्त भट्टले बुधबार विज्ञप्ति जारी गरी उक्त आग्रह गरिएको जनाएको हो ।

भट्टले विज्ञप्ति मार्फत मुद्दा फिर्ताको घटनाले गम्भीर किसिमको अपराधमा समेत सरकार संरक्षक बन्न खोजेको पुष्टि गरेको भन्दै यसले प्राज्ञिक मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णय फिर्ता लिई अदालतबाट हुने फैसला प्रभावित नगर्न त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरिएको छ ।

२०७७ सालमा समाजशास्त्र विभागका उपप्राध्यायक प्रेम चलाउनेमाथि त्रिवि केन्द्रीय क्याम्पस परिसरमा नै आक्रमण भएको थियो । सो आक्रमणमा संलग्नको आरोपमा नेपाल विद्यार्थी संघका तत्कालिन त्रिवि कमिटीका अध्यक्ष हरि आचार्य, महासचिव योगेन्द्र रावलविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानसम्बन्धी मुद्दा चलिरहेको छ ।

उपप्राध्यापक चलाउनेलाई न्यायको माग गर्दै विज्ञप्ति जारी गर्ने विषयमा स्ववियुको बैठकमा सभापति श्यामराज ओझाले असहमति जनाएपछि आफूहरूले बहुमतको आधारमा चलाउनेको पक्षमा विज्ञप्ति जारी गरेको सचिव भट्टले बताएका छन् ।

Add a new comment