Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउने दावी

मेरो आर्थिक
मेरो आर्थिक
असार ७ गते २०८०
आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउने दावी

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत बिस्तार गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउने बताएका हुन् ।

उनले कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशमा भने यसै वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम पूरा गर्नेगरी बिजेट विनियोजन गर्ने बताए । बस्नेतले वर्षायाममा विद्युत आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको बताए ।

उनले विद्युत उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र डिस्ट्रीब्युसन सिस्टमलाई अपग्रेड गर्ने कामलाई एकीकृत रुपमा गर्न लागिएको जानकारी दिए ।

Add a new comment