Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

प्युठानमा पैदल यात्रीको हितमा २० ठाउँमा जेब्रा क्रस बन्दै

मेरो आर्थिक
मेरो आर्थिक
असार १० गते २०८०
प्युठानमा पैदल यात्रीको हितमा २० ठाउँमा जेब्रा क्रस बन्दै

सडक पुर्वाधार बिकासको नयाँ अध्यायको रुपमा प्युठान जिल्लामा पैदलयात्रीको सुविधालाई ध्यानमा राख्दै महत्वपुर्ण चोकहरुमा जेब्रा क्रसिङ्गहरु निर्माण शुरु भएको छ । यो चरणमा जिल्लामा जस्पुरमा पहिलो पटक जेब्रा क्रसिङ्गको शुरुवात गरिएको हो ।

बाटो हिड्ने यात्रुहरुले जथाभावी बाटो काट्दा दुर्घटना हुन् सक्ने साथै मोटरहरु आवतजावत पनि कठिनाई हुने भएकाले यात्रुको हितको लागि जेब्रा क्रस राखिएको जिल्ला ट्राफिक कार्यालय प्युठानका ट्राफिक प्रमुख चन्द्र के।सी ले बताए । उनका अनुसार पछिल्लो पटक जस्पुर बजारमा सरकारी कार्यालयहरु धेरै थपिएका छन,रोल्पा र प्युठान छुट्याउने प्रमुख बाटो हुँदा पैदल यात्रुहरुको भिड हुने गर्छ , सहजताको लागी बजारमा जिल्लाकै पहिलो पटक जेब्रा क्रस सिग्नल राखिएको हो ।

प्युठानमा पैदल यात्रीको हितमा २० ठाउँमा जेब्रा क्रस धमाधम बन्दै छन् । प्युठानको माण्डवी गाउँपालिका जस्पुर बजारको रोडमा जेब्रा क्रस सिग्नल बुधबार राखिएको छ । सडक डिभिजन कार्यालय प्युठानको सहकार्यमा माण्डवी गाउँपालिकाको केन्द्र मानिने जस्पुर बजारमा जिल्लाकै पहिलो पटक जेब्रा क्रस सिग्नल राखिएको छ ।

यो सुरुवात सँगै अब सडक डिभिजन कार्यालय प्युठान सँग समन्यव गरी जिल्लाका २० ठाउँमा जेब्रा क्रस राखिने ट्राफिक प्रमुख के.सीले बताए । उक्त ठाउँको सडकमा जेब्रा क्रस भएपछि विद्यालय जाने वालवालिकाहरु वढी लावाम्बीत भएका छन् । साथै स्थानिय व्यक्तिहरु पनि हर्षीत भएका छन् । सडक डिभिजन कार्यालयको समन्यवयमा पछिल्लो पटक प्युठानका सडकहरु सुरक्षित र मर्मत सम्भार एकदमै राम्रोसँग भईरहेको छ ।
चालकहरु पनि जेब्रा क्रसिङ्ग बनिसकेपछि आफुहरुलाई सजिलो हुने कुरामा आशाबादि देखिन्छन् । बढ्दो सडक असुरक्षा तथा सवारी साधनको बढ्दो संख्यात्मक अवस्थालाई यसले पक्कै पनि समाधान गर्ने छ ।

Add a new comment