चैत्र ८ गते २०८२ --:--:--
मेनु

आन्तरिक उडानको हवाई भाडा बढ्यो

मेरो आर्थिक मेरो आर्थिक श्रावण १ गते २०८० २:०१ PM
आन्तरिक उडानको हवाई भाडा बढ्यो

आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् । यती एयरलाइन्सको आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ । इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा थप अतिरिक्त शुल्क नलाग्ने, प्रवक्ताले जनाए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?