Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतद्धारा प्रसुती भवनको उद्घाटन

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ३ गते २०८०
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतद्धारा प्रसुती भवनको उद्घाटन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोखरा स्थित पश्चिमाञ्चल क्षत्रीय अस्पतालभित्र निर्माण भएको प्रसुती भवनको उद्घाटन गरेका हुन् । २ सय शैय्याको उक्त भवन २७ करोड लागतमा निर्माण भएको हो ।

उनले स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले कम्तिमा रक्सी चुरोट सेवान गर्न नहुने बताए । सुर्तीजन्य पदार्थको कारण हजारौंको ज्यान जान्छ । हामी सुर्ती खान्छौं, अरुलाई नखाउनुस भन्छौं । स्वास्थ्यका धेरे विद्यार्थीको ज्यान सुर्तीजन्य पदार्थ र रक्सी सेवनबाट भएको छ, उनले भने, अरुलाई सुधार्न पहिला आफु सुध्रिनुपर्छ । स्वास्थ्यकर्मीहरुले कम्तिमा दिनको एक घण्टा आफ्ना लागि छुट्याउनुस् साथै ब्यायम गरेर स्वस्थ हुनुस् ।

बस्नेतले पहिला अस्पताल राम्रोसँग चलाउन सके मात्र प्रतिष्ठान राम्रो हुने भन्दै सेवामा ध्यान दिन आग्रह गर्दै गण्डकी अस्पतालमा उपकरण विस्तार र स्तरिय सेवा दिन संघ सँधै जिम्मेवार भएर लाग्ने बताए ।

Add a new comment