Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

उत्पादन सुरु गर्दै सेतीखोला जलविद्युत आयोजना

मेरो आर्थिक
मेरो आर्थिक
माघ १२ गते २०८०
उत्पादन सुरु गर्दै सेतीखोला जलविद्युत आयोजना

पर्वत : आयोजनाको विकास निर्माण सम्पन्न भएसँगै पर्वत जिल्लाको पैयुन र बिहादी गाउँपालिकामा रहेको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । ३.५ मेगावाट क्षमताको आयोजनाले पाँच वर्षमा सम्पूर्ण विकास कार्य सम्पन्न गरी परीक्षण प्रसारण पनि सुरु गरेको छ ।

आयोजनाको नहरको हेडवर्क पैयुन गाउँपालिका–२ बेउलीवासमा र पावर हाउस बिहादी गाउँपालिका–६ घाङ्ग्रेमा रहेको छ । बेउलिबासबाट ३ हजार ६ सय मिटर लामो पाइपलाइनबाट घाङ्ग्रेमा पानी पुर्याइएको हो ।

आयोजनाको इलेक्ट्रोमेकानिकल काम चीनको एसिया प्यासिफिक प्रोजेक्टले गरेको थियो भने पाइपलाइनको काम विराटनगरका के एण्ड के बिल्डर्सले गरेका थिए ।

आयोजनाको सिभिल कन्स्ट्रक्सन निर्माणको जिम्मा द ब्रदर्स बिल्डर्स काठमाडौंलाई दिइएको आयोजनाका कम्पनी सचिव डा शिवशंकर बस्यालले जानकारी दिए । आयोजनाको कुल लागत १ अर्ब १ करोड नाघेको बताइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत दुई साताभित्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा पुर्याउने बस्यालले प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको जानकारी दिनुभयो ।

आयोजनामा ​​सिद्धार्थ बैंक लिमिटेड र गरिमा डेभलपमेन्ट बैंकले लगानी गरेका छन् ।

Add a new comment