Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

‘धुर्मुस सुन्तली फाउन्डेसन’ले रंगशाला निर्माणबाट झिक्यो हात

मेरो आर्थिक
मेरो आर्थिक
माघ २३ गते २०८०
‘धुर्मुस सुन्तली फाउन्डेसन’ले रंगशाला निर्माणबाट झिक्यो हात

चितवनको भरतपुर नगरपालिकामा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु गरेको 'धुर्मुस सुन्तली फाउन्डेसन'ले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिकेको छ । अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउनेछन् ।

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताएका छन् ।

यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।

बागमतीको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको समपूरक र विशेष अनुदानका लागि १०–१० वटा आयोजना सिफारिस गरेको छ भने अघिल्लो आर्थिक वर्षमै सम्पन्न भएका आयोजनाहरुको ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रकम पनि भुक्तानी दिने निर्णय समेत गरेको जनाएको छ ।

Add a new comment