कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा दुर्घटना : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा दुर्घटना

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०८०

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङ गजुरीस्थित गलौदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए ।

उद्धार कार्य जारी रहेको साथै उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ भने प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?