Skip to content
logo
पौष ७ गते २०८१ समयः

ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र २९ गते २०८०
ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी

पुर्वको हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी पुगेको छ । ताप्लेजुङ जिल्लाको सवै भन्दा दुर्गम गाउ ओलाङचुङगोलामा भौगोलिक विकटताका बाबजुद गाडी पुगेको हो ।

दुर्गम तर चर्चित यस ठाउँमा गाडीको आगमनलाई असामान्य संभावनाको रुपमा हेरिएको छ । पर्यटकीय संभावना बोकेको यो ठाउँमा गाडीको सुविधा पुगेकोमा जिल्लाबासीहरु खुशी ब्यक्त गरिरहेका छन् ।

"हिमाली जिल्ला त्यससँगै बिकट भौगोलिक अवस्थिति जसलाई तोडेर यो संभावना खोज्ने कुनै सामान्य कुरा थिएन, आज हामी सफल भएका छौं ।" उद्घाटनमा सहभागी एक स्थानीयले भने । उनले भने "यसबाट ओलाङचुङ्बासिहरुलाई सेवा हुने नै भयो यसका अलावा पर्यटकहरुलाई अझ धेरै सेवा हुनेछ ।"

(ताप्लेजुङबाट दिल कुमार फेम्बुको सहगोगमा एक रिपोर्ट)

Add a new comment