Skip to content
logo
पौष ७ गते २०८१ समयः

इलाम नगरपालिकामा क्षमता विकासको लागि ५ दिने तालिम शुरु

मेरो आर्थिक
मेरो आर्थिक
असार १३ गते २०८१
इलाम नगरपालिकामा क्षमता विकासको लागि ५ दिने तालिम शुरु

इलाम नगरपालिकाले क्षमता विकास तालिम शुरु गरेको छ । ६४ जना बाल विकास सहजकर्तालाई ५ दिने तालिम शुरु गरिएको नगरपालिकाले जनाएको हो ।


बाल विकास विज्ञ सहजकर्ता रिता आचार्यले सहजिकरण गर्नुभएको तालिममा मन्टेस्वरी शिक्षा नानी बाबुहरुलाई कसरी गुणस्तरीय र ब्यावहारीक तरिकाले ज्ञान र दिने समग्र नगरको बाल कक्षाको सिकाईमा अझ बढी सुधार कसरी ल्याउने भनेर शैक्षिक सुधारमा तल्लो तहबाटै अगाढी बढ्न जरुरी भएकोले नगरपालिकाले बाल विकास सहजकर्ताहरुको क्षमतामा सुधार ल्याउन तालिमको आयोजना गरेको नगर प्रमुख केदार थापाको भनाई छ।


नगरपालिकाले बिभिन्न क्षेत्रमा रहेका बिभिन्न ब्याक्तित्वहरुलाई समय–समयमा तालिमहरु दिँदै आएको छ ।

Add a new comment