शैक्षिकसत्र २०८१ का लागि विश्वविद्यालयको क्यालेन्डर स्वीकृत, त्रिवि परीक्षाको नतिजा ९० दिनमै
मेरो आर्थिक
असार ३० गते २०८१
समयः ६:५२ am
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले शैक्षिकसत्र २०८१ का लागि क्यालेन्डर स्वीकृत गरेको छ । रेक्टर खड्ग केसीका अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था क्यालेन्डरमा गरिएको छ ।
शैक्षिक कार्यक्रमको क्यालेन्डर कार्यान्वयनका लागि अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभागहरूमा पठाइएको रेक्टर कार्यालयले जनाएको छ । क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अध्ययनसमेत गरिने केसीले बताए । त्रिविमा समयमा भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुने गुनासो छ । नतिजा प्रकाशन गर्न १८ महिनासम्म ढिलाइ हुँदै आएको थियो ।