Skip to content
logo
भाद्र ३१ गते २०८१ समयः

प्राइम, युनियन र गुराँस लाइफको मर्जरको अन्तिम सम्झौता सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
माघ २ गते २०७९
प्राइम, युनियन र गुराँस लाइफको मर्जरको अन्तिम सम्झौता सम्पन्न

प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनै जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने÷गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको जनाइएको हो ।

गत १ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको जनाइएको छ । तीन वटा कम्पनी समान सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको जनाइएको छ ।
अब मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ ।

Add a new comment