आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर हुने भए
मेरो आर्थिक
फागुन १ गते २०७९
समयः ६:५३ am
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका संचालक समितिका अध्यक्ष लगायत संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो । सम्झौतामा कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।
मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिने जनाइएको छ । दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।