फागुन ४ गते २०८२ --:--:--
मेनु

नेशनल लाइफको अभिकर्ता तालिम सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८० ६:०६ PM
नेशनल लाइफको अभिकर्ता तालिम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले शनिबार दमकमा प्रि एम.डि.आर.टी सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आबद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यले सम्पन्न गरिएको हो ।

कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले सञ्चालन गरेको सो समारोहमा समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरिसकेका दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लाबारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए ।

सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए । करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले तालिम प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?