माघ २२ गते २०८२ --:--:--
मेनु

हैजा नियन्त्रणका लागि लेबनान सरकारलाई संयुक्त राष्ट्र संघको सहयोग

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २५ गते २०७९ ७:४७ AM
हैजा नियन्त्रणका लागि लेबनान सरकारलाई संयुक्त राष्ट्र संघको सहयोग

गत केही समयदेखि हैजाको चपेटामा परेको मुलुक लेबनानलाई संयुक्त राष्ट्र संघले हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।

राष्टसंघीय आपातकालिन स्थितीमा आवश्यक पर्ने सहयोगहरु उपलब्ध गराउने मानव सहायतासम्बन्धी राष्ट्रसंघीय एजेन्सीले सो सहयोग लेबनान सरकारलाई प्रदान गरेको छ ।

विगत १ महिना अधिदेखि हैजाको प्रकोप लेबनानमा बढ्दो छ र सोही प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधी उपचारका लागि आर्थिक सहयोगको याचना गरेको लेबनान सरकारलाई बिहीबार संयुक्त राष्ट्र संघले सहयोग प्रदान गरेको छ जसको सदुपयोग गरी कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने लेबनान सरकारको दावी रहेको छ ।

हैजाका कारणले हालसम्म लेबनानमा कम्तीमा पनि १८ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?