वैशाख २६ गते २०८२
ब्रेकिङ न्यूज
No breaking news available.

युक्रेनमाथि रुसको भिषण क्षेप्यास्त प्रहार

मेरो आर्थिक मेरो आर्थिक मंसिर २१ गते २०७९ 0 मिनेट पढ्नुहोस्

रुसले युक्रेनमाथि पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ । आठौं पटक गरिएको भीषण क्षेप्यास्त्र आक्रमणका कारण युक्रेनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्तिमा प्रभाव भएको बीबीसीले जनाएको छ ।

आक्रमणको चपेटामा पर्न जाँदा युक्रेनको दक्षिणी सहर ओडेसामा हालसम्मको जानकारी अनुसार कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ ।

रुसी सुचनाअधिकारीहरुका अनुसार प्रहार भएका ७० क्षेप्यास्त्र मध्ये १७ वटा क्षेप्यास्त्र निशानमा प्रहार भएको बताइएपनि युक्रेनी प्रहरीले भने रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र निष्क्रिय पारेको दाबी गरेका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकीले रुसी आक्रमणपछि छिमेकी राष्ट्र मोल्दोभाका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको जनाएका छन् । पछिल्ला आक्रमणहरू युक्रेनका लागि मात्रै नभई समग्र क्षेत्रका लागि चेतावनी भएको उनको भनाइ छ । रुसले पछिल्ला दिनमा युक्रेनको ऊर्जा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया हो ।

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

Copyright @2021 मेरो आर्थिक मिडिया प्रा.लि.