माघ २२ गते २०८२ --:--:--
मेनु

साउदी अरबमा सयौँको संख्यामा नेपाली जेलमा, कारण के ?

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०८० ९:३९ AM
साउदी अरबमा सयौँको संख्यामा नेपाली जेलमा, कारण के ?

नेपालको एउटा प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा झन्डै चार लाख नेपालीहरू कार्यरत रहेको तथ्यांक छ।

साउदी अरबमा अवैध रुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्।

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन्। त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ।

बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूताबासका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन्। तर, वास्तविक संख्या त्यो भन्दा पनि धेरै हुनसक्ने आँकलन गरिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?