इरानको आक्रमणमा तीन इजरायलीको मृत्यु : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

इरानको आक्रमणमा तीन इजरायलीको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । इजरायलमा इरानको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

इजरायलको अग्नि तथा उद्धार सेवाले देशको दक्षिणी भागमा इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको बताएको छ ।

इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमले घटनास्थलको विवरण दिँदै भने, ‘हामीले प्रभावित क्षेत्रबाट बाक्लो धुवाँ उडिरहेको देख्यौं र जब हामी नजिक पुग्यौं, हामीले त्यहाँ धेरै भवनहरूमा क्षति पुगेको पायौं । हामीले एउटा भवनको गेटमा एक बेहोस मानिस सुतिरहेको देख् यौं। यसपछि, भवनको खोजी गर्दा, भित्र एक पुरुष र एक महिला बेहोस अवस्थामा फेला परे ।’

उनले घाइतेहरूको लागि एक चिकित्सा केन्द्र स्थापना गरेको र भवनहरूबाट बाहिर निस्कने मानिसहरूको जाँच गरिरहेको बताएका छन् ।

इजरायली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको कारण इजरायलीहरू सुरक्षित सेल्टरमा गएको बताउदै इरानले पछिल्लो एक घण्टामा तेस्रो पटक आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले इरानी क्षेप्यास्त्रहरूलाई रोकिरहेको तर इरानको क्षेप्यास्त्र आक्रमण नरोकिएको बताएको छ ।

अमेरिकी राष्ट्रपतिले मंगलबार इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । तर यसपछि, इरानका विदेशमन्त्री अब्बास अरघचीले इजरायलले सैन्य कारबाही रोकेमा मात्र आफुहरु रोकिने बताएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?