काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायल र अमेरिकामाथि इरानले जित हासिल गरेको बताएका छन् ।
एक सातापछि सार्बजनिक रुपमा देखिएका खामेनीले एक भिडियो जारी गर्दै इजरायल र अमेरिकामाथि इरानले जित हासिल गरेको बताएका हुन् । उनले भनेका छन् ( म भ्रामक यहूदी शासनमाथिको विजयको लागि बधाई ज्ञापन गर्दछु ।
उनले सन्देशमा खामेनीले इरानले इजरायललाई व्यवहारिक रुपमा ढालेको र कुल्चिएको बताएका छन् ।
साथै खामेनीले इरानले अमेरिकी शासनमाथि विजयी हासिल गरेको दाबी गर्दै अमेरिकाले केहि हासिल गर्न नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन् हाम्रो प्यारो इरानले अमेरिकी शासनमाथि विजय हासिल गरेकोमा बधाई छ । अमेरिकी शासन सिधै युद्धमा प्रवेश गर्यो किनभने उसलाई लाग्यो, यदि त्यसो भएन भने, यहूदी शासन पूर्ण रूपमा नष्ट हुनेछ । त्यो शासनलाई बचाउने प्रयासमा यो युद्धमा प्रवेश गर्यो तर केही पनि हासिल गर्न सकेन ।
खामेनीले इरानले अमेरिकाको गलामा ठुलो थप्पड हानेको बताउदै प्रमुख अमेरिकी अड्डाहरू मध्ये एक अल(उदेइद एयर बेसमा आक्रमण गरी क्षति पुर्याएको बताएका छन् ।













