रिलायन्स इन्डस्ट्रिजको नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानी, तलब २० करोड ! : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

रिलायन्स इन्डस्ट्रिजको नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानी, तलब २० करोड !

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । भारतको रिलायन्स इन्डस्ट्रिजका नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानीले हरेक वर्ष १० देखि २० करोड भारु तलब पाउने भएका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, तलबसँगै उनले कम्पनीको नाफामा कमिशन र अन्य धेरै सुविधाहरू पनि पाउनेछन् । रिलायन्स इन्डस्ट्रिज लिमिटेडले स्टक एक्सचेन्जमा यस बारेमा जानकारी दिएपछि यो सूचना बाहिर आएको हो । 

रिलायन्स इन्डस्ट्रिज लिमिटेडले हालै अनन्त अम्बानीलाई कम्पनीको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो । अनन्तले मे १ देखि ५ वर्षको लागि यो पद सम्हाल्नेछन् । उनी २०२३ देखि कम्पनीमा गैर-कार्यकारी निर्देशक थिए ।

अनन्तलाई अगस्ट २०२२ मा कम्पनीको ऊर्जा क्षेत्रको कमान्ड दिइएको थियो । यसबाहेक, अनन्त मार्च २०२० देखि जियो प्लेटफर्म लिमिटेड, मे २०२२ देखि रिलायन्स रिटेल भेन्चर्स लिमिटेड र जुन २०२१ देखि रिलायन्स न्यू इनर्जी लिमिटेडका साथै रिलायन्स न्यू सोलार इनर्जी लिमिटेडका बोर्ड सदस्य रहेका छन् । उनी सेप्टेम्बर २०२२ देखि रिलायन्सको परोपकारी शाखा – रिलायन्स फाउन्डेसनको बोर्डमा पनि छन् ।

बढ्दो उमेरसँगै, मुकेश अम्बानी विगत धेरै वर्षदेखि आफ्नो व्यवसाय साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गरिरहेका छन् । २८ डिसेम्बर २०२३ मा, उनका बुबा धीरुभाईको जन्मदिनमा, मुकेश अम्बानीले भनेका थिए- रिलायन्सको भविष्य आकाश, ईशा, अनन्त र उनीहरूको पुस्ताको हो । मलाई कुनै शंका छैन, उनीहरूले जीवनमा धेरै कुरा हासिल गर्नेछन् र मेरो पुस्ताका मानिसहरूले भन्दा रिलायन्सलाई धेरै उपलब्धिहरू ल्याउनेछन् ।’

आकाश अम्बानीले २०१४ मा ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रको डिग्री लिए । त्यसपछि उनी पारिवारिक व्यवसायमा सामेल भए । अक्टोबर २०१४ मा, उनी रिलायन्स जियो इन्फोकम लिमिटेडको बोर्डमा सामेल भए र उनी जुन २०२२ देखि रिलायन्स जियो इन्फोकमको अध्यक्ष छन् । आकाश अम्बानी रिलायन्स इन्डस्ट्रीज र रिलायन्स रिटेल भेन्चर्स लिमिटेडको डिजिटल सेवा व्यवसाय, जियो प्लेटफर्म लिमिटेडको बोर्डमा पनि छन् । त्यस्तै उनले आइपिएलको क्रिकेट फ्रेन्चाइजी मुम्बई इण्डियन्ससहित स्पोर्ट्स टिम पनि हेर्ने गर्दछन्  । आकाशले २०१९ मा श्लोका मेहतासँग विवाह गरे । उनीहरूका दुई सन्तान छोरा पृथ्वी र छोरी वेद छन् ।

मुकेश अम्बानीकी छोरी ईशा अम्बानीले येल र स्ट्यानफोर्डबाट अध्ययन गरेकीछन् । २०१५ मा पारिवारिक व्यवसायमा सामेल भइन् । रिलायन्स रिटेल भेन्चर्स, जियो इन्फोकम, जियो फाइनान्सियल सर्भिसेजको बोर्डमा सामेल भएकी इशाले डिसेम्बर २०१८ मा व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग विवाह गरिन् ।

ईशा अम्बानीले रिलायन्स रिटेलको विस्तारलाई अगाडि बढाएकी छिन् । उनले रिलायन्स रिटेलको लागि ई-कमर्स व्यवसाय अजियो र अनलाइन ब्यूटी प्लेटफर्म टिरा जस्ता नयाँ ढाँचाहरू सुरु गरेकी छिन् । रिलायन्स रिटेलको खाना, उपभोक्ता इलेक्ट्रोनिक्स र फेसन रिटेलमा उपस्थिति छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?