अमेरिकाको इडाहोमा आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

अमेरिकाको इडाहोमा आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । अमेरिकाको इडाहोमा लागेको झाडीको आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या गरिएको छ ।

कोउर डीएलेन शहरमा प्रहरीमाथि गोली चलाउदा दुई जनाको मृत्यु भएको बताइएको छ । अधिकारीहरूले भने धेरै दिशाबाट गोली चलेको बताएका छन् ।

एफबीआईका उपनिर्देशक डान बोन्जिनोले एजेन्टहरू घटनास्थलमा पुगेको र अनुसन्धान गरिरहेको बताएका छन् । इडाहोका गभर्नर ब्राड लिटिलले बहादुर अग्निनियन्त्रकहरूमाथि आक्रमण भएको बताउदै घटना बारे अनुसन्धान भइरहेको बताएका छन् ।

सिएनएनले अहिले पनि गोली चलिरहेको उल्लेख गरेको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?