अमेरिकी प्रविधि कम्पनीलाई कर लगाउने निर्णयबाट पछि हट्यो क्यानडा : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

अमेरिकी प्रविधि कम्पनीलाई कर लगाउने निर्णयबाट पछि हट्यो क्यानडा

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने आफ्नो निर्णय फिर्ता लिएको छ । क्यानडा सरकारले जुन ३० देखि अमेरिकी कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने भएको घोषणा गरेको थियो ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले उनी र ट्रम्प अब व्यापार वार्ता पुनः सुरु गर्न सहमत भएको बताएका छन् । क्यानडाको अर्थ मन्त्रालयका अनुसार कार्नी र ट्रम्पबीच व्यापार सम्झौतामा वार्ता जुलाई २१ सम्ममा पुनः सुरु हुन सक्छ ।

ट्रम्पले जुन २७ मा क्यानडालाई अमेरिकी कम्पनीहरूमा कर लगाएमा चाँडै क्यानडामा नयाँ शुल्क लगाउने धम्की दिएका थिए ।

क्यानडाले डिजिटल सेवा कर ऐन गत वर्ष जुन २०, २०२४ मा क्यानडाको संसदबाट पारित गरेको थियो । यद्यपि, यो कर जुन ३०, २०२५ बाट एक वर्ष पछि लागू हुने थियो । कार्यान्वयन हुनुभन्दा केही घण्टा अघि, क्यानाडाली सरकारले यसमा यू-टर्न लिएको छ ।

ट्रम्पले कर सम्बन्धी वार्ताबाट पछि हटेपछि, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले क्यानडाका जनताको हितमा अमेरिकासँग वार्ता जारी राख्न चाहेको बताएका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?