माघ २२ गते २०८२ --:--:--
मेनु

पेरिसमा गर्मि बढेपछि आइफल टावर बन्द

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२ ६:५० AM
पेरिसमा गर्मि बढेपछि आइफल टावर बन्द

काठमाडौँ । बढ्दो तापक्रमका कारण फ्रान्सको राजधानी पेरिसमा मंगलबार रेड अलर्ट जारी गरिएको छ । जसका कारण आइफल टावर बन्द गरिएको छ ।

युरोपका धेरै भागहरूमा गर्मीको लहर जारी रहेका बेला पेरिसमा रेड अलर्ट जारी गरिएको हो ।

फ्रान्सको मौसम एजेन्सी, मेटियो फ्रान्सले सोमबार १६ क्षेत्रहरूमा गर्मीको लहरका रेड अलर्ट जारी गरेको जनाएको छ ।

फ्रान्सको शिक्षा मन्त्रालयले अत्यधिक गर्मीका कारण लगभग १३ सय ५० सार्वजनिक विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द हुने घोषणा गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?