काठमाडौँ । इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता कुनै नतिजा बिना नै समाप्त भएको छ ।
बिबिसीले युद्धविरामको बारेमा कतारको राजधानी दोहामा दुई फरक भवनहरूमा लगभग साढे तीन घण्टासम्म वार्ता भएको थियो ।
कतार र इजिप्टका मध्यस्थकर्ताहरू मार्फत दुई पक्षबीच सन्देश आदानप्रदान भएको थियो, तर युद्धविराममा कुनै प्रगति भएको थिएन । फेरि वार्ता सुरु हुने अपेक्षा गरिएको छ । मध्यस्थकर्ताहरूले दुई पक्षबीचको अवरोध र मतभेद कम गर्न प्रत्येक प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै वार्ताको योजना बनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकी राष्ट्रपतिलाई भेट्न वाशिंगटन जाँदै गर्दा अप्रत्यक्ष वार्ता भइरहेको छ ।
नेतान्याहूले अमेरिकी राष्ट्रपतिसँगको भेटले बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामको लागि सम्झौतातर्फ प्रगति हुने आशा व्यक्त गरेका छन् । उनले आफ्ना वार्ताकारहरूलाई इजरायलको सर्तहरूमा मात्र युद्धविराम सम्झौतामा प्रवेश गर्न स्पष्ट निर्देशन दिएको बताएका छन् ।













