इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीलाई ज्यान मार्ने धम्की : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीलाई ज्यान मार्ने धम्की

मेरो आर्थिक मेरो आर्थिक असार २८ गते २०८२

काठमाडौँ । इरानकी नोबेल पुरस्कार विजेता मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई ज्यान मार्ने धम्की आएको छ ।

नर्वेजियन नोबेल समितिले नोबेल पुरस्कार विजेता मानव अधिकारकर्मी मोहम्मदीलाई ज्यान मार्ने धम्की आएको रिपोर्ट गरेको छ ।

नर्गिस मोहम्मदीलाई २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनले इरानमा महिला अधिकारको लागि आवाज उठाउँदै आएकी छिन् ।

नर्वेजियन नोबेल समितिले यो जानकारी दिने एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ- ‘नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्रिडनेससँगको फोन वार्तामा नर्गिस मोहम्मदीले आफ्ना वकिलहरू र अन्य स्रोतहरू मार्फत आफूलाई धम्की आएको थाहा पाएकी बताइन् ।’

विज्ञप्ति अनुसार, नर्गिसले सरकारका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ज्यान मार्ने धम्की दिएको बताएकी छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?