काठमाडौँ । पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा सेनाका दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई अधिकारी पनि छन्। पाकिस्तानी सेनाले एमआई-१७ हेलिकप्टर नियमित प्रशिक्षण अभियानका क्रममा दुर्घटनामा परेको बताएको छ । घटना डायमर जिल्लाको थाकादास क्यान्टोनमेन्टबाट लगभग १२ किलोमिटर टाढा रहेको हुडोर गाउँ नजिकै भएको थियो ।
हेलिकप्टर बाढी प्रभावित जिल्लाहरूबाट फर्कने क्रममा दुर्घटनामा परेको जियो न्युजले उल्लेख गरको छ । रिपोर्टका अनुसार दुर्घटना खराब मौसम र बाक्लो कुहिरोका कारण भएको बताइएको छ ।













