माघ २२ गते २०८२ --:--:--
मेनु

बन्धक छुट्ने समयमा ट्रम्प इजरायल पुग्दै, शान्ति योजना केहि बुँदामा हमास असहमत

मेरो आर्थिक मेरो आर्थिक असाेज २६ गते २०८२ ६:०९ PM
बन्धक छुट्ने समयमा ट्रम्प इजरायल पुग्दै, शान्ति योजना केहि बुँदामा हमास असहमत
Palestinians, who were displaced to the southern part of Gaza at Israel's order during the war, make their way along a road as they return to the north, amid a ceasefire between Israel and Hamas in Gaza, in the central Gaza Strip, October 11, 2025. REUTERS/Mahmoud Issa

काठमाडौँ । गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ४८ बन्धकहरूको रिहाइ सोमबार बिहान सुरु हुने भयेक छ छ, जसमा २० जना बाँचेका र २८ जनाको शव हस्तान्तरण गरिनेछ । इजरायली सेनाले शुक्रबार दिउँसोसम्म गाजाबाट आफ्नो प्रारम्भिक फिर्ता पूरा गरेको छ, जसले हमासलाई फिर्ता पूरा गर्न ७२ घण्टाको समय दिएको छ ।

त्यस्तै सोमबार, गाजा युद्ध अन्त्य गर्ने सम्झौतामा छलफल इजिप्टमा हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित २० भन्दा बढी विश्व नेताहरूले सो छलफलमा भाग लिने भएका छन् । सो छलफल इजिप्टको शर्म अल-शेखको सुन्दर रेड सी रिसोर्टमा हुनेछ । 

अर्कोतर्फ, हमासले सोमबार इजिप्टमा तय भएको गाजा शान्ति शिखर सम्मेलनको आधिकारिक हस्ताक्षर समारोहमा भाग लिन अस्वीकार गरेको छ । हमासले ट्रम्पको योजनाका केही अंशहरूसँग असहमत भएको बताएको छ । हमासले आफुहरुले गाजा छोड्नु पर्ने र निशस्त्रीकरण हुने विषयमा आफुहरु असहमत रहेको बताएको छ ।

टाइम्स अफ इजरायलका अनुसार, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आदानप्रदानको निरीक्षण गर्ने भएको छ । रिपोर्टमा परिस्थिति अनुकूल भएमा आइतबार रातिदेखि नै सुरु हुन सक्ने बताइएको छ ।

अर्कोतर्फ अमेरिकी विशेष दूत स्टीव विटकफले शनिबार बन्धक परिवारहरूसँग भेट गरेका छन् । उनले बन्धकका केही शवहरू पत्ता लगाउन धेरै गाह्रो हुन सक्ने बताए, जसले परिवारहरूमा गहिरो चिन्ता बढाएको छ । रिपोर्ट अनुसार, इजरायललाई पहिले नै ७ देखि १५ बन्धकहरूको शव फेला नपर्न सक्ने बताएको छ ।

ट्रम्प सोमबार इजरायल पुग्ने र बन्धकहरूसँग भेट्ने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार बिहान इजरायल आइपुग्नेछन् र इजरायलको संसद नेसेटलाई सम्बोधन गर्नेछन् । उनको भ्रमण गाजामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको रिहाइकै समयमा हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले नेसेटमा भाषण दिनेछन् र रिहा गरिएका बन्धकहरूसँग भेट्नेछन् । 

विपिन जोशीको अवस्था अझै अज्ञात

केहि मिडिया रिपोर्टमा हमासले हस्तान्तरण गर्ने बन्धकको सूचीमा विपिनको नाम रहेको उल्लेख गरेपनि यसको आधिकारिक पुष्टि अहिलेसम्म हुन सकेको छैन । मिडिया रिपोर्टमा हालसम्म अवस्था पत्ता नलागेका एक दुई जना बन्धक जीवित रहेको रहेको केहि प्रमाण भेटिएको दाबि गरिएको छ तर यसको आधिकारिक पुष्टि इजरायल र हमास दुवैतर्फबाट अहिलेसम्म भएको छैन ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?