पौष २ गते २०८२ --:--:--
मेनु

मेक्सिकोमा निजी विमान दुर्घटना, सात जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक पौष १ गते २०८२ ११:३२ AM
मेक्सिकोमा निजी विमान दुर्घटना, सात जनाको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोमा एउटा सानो निजी विमान दुर्घटनाग्रस्त भएको छ । आपतकालीन अवतरण गर्ने प्रयास गर्दा कम्तिमा सात जनाको मृत्यु भएको बताइएको छ । यो 

मेक्सिको राज्य नागरिक सुरक्षा संयोजक एड्रियन हर्नान्डेजका अनुसार, दुर्घटना टोलुका विमानस्थलबाट करिब पाँच किलोमिटर टाढा र मेक्सिको सिटीबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सान माटेओ एटेन्को क्षेत्रमा भएको थियो । विमान अकापुल्कोबाट उडेको थियो । प्राविधिक कारणले पाइलटले आपतकालीन अवतरण गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । विमानमा आठ यात्रु र दुई चालक दलका सदस्यहरू सवार थिए । अहिलेसम्म ७ जनाको शव फेला परेको छ ।

जानकारी अनुसार, विमान फुटबल मैदानमा अवतरण गर्ने प्रयास गर्दा नजिकैको व्यावसायिक भवनको धातुको छानामा ठोक्किएको थियो । ठोक्किएपछि विमानमा आगो लाग्यो र वरपरको क्षेत्रमा समेत आगलागी भएको थियो । अग्निनियन्त्रक र उद्धार टोलीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

सान माटेओ एटेन्कोका मेयर आना मुनिजले आगलागीको गम्भीरताका कारण वरपरका लगभग १३० जनालाई सुरक्षित स्थानमा सारिएको बताइन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?