माघ २२ गते २०८२ --:--:--
मेनु

ट्रम्पको इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनीप्रति चीनको विरोध

मेरो आर्थिक मेरो आर्थिक पौष २९ गते २०८२ ६:०५ AM
ट्रम्पको इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनीप्रति चीनको विरोध
Iranian people wave the country's flags under a portrait of Iran's Supreme Leader, Ayatollah Ali Khamenei, during an unveiling ceremony of a statue of the Islamic leader of the Shi'ite Muslims, Imam Ali, the father of Imam al-Hussain, in southern Tehran, Iran, on January 3, 2026. (Photo by Morteza Nikoubazl/NurPhoto via Getty Images)

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्ने बताएकी छन् ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता निङले भनिन्- ‘हामीले सधैं हाम्रो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गरेका छौं । हामी विश्वास गर्छौं, सबै देशहरूको सार्वभौमसत्ता र सुरक्षा अन्तर्राष्ट्रिय कानून अनुसार पूर्ण रूपमा कायम राख्नुपर्छ ।’

इरानमा भइरहेको विरोध प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पले इरानी सरकारलाई सैन्य हस्तक्षेपको धम्की बारम्बार दिएका छन् । आफ्नो हालैका बयानहरूमा ट्रम्पले इरानी सरकारले सबै सीमा पार गरेको छ र अमेरिकाले विभिन्न विकल्पहरू विचार गरिरहेको बताएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?