माघ १४ गते २०८२ --:--:--
मेनु

उत्तरी चीनको कारखानामा शक्तिशाली विस्फोट: दुई जनाको मृत्यु, ८४ जना घाइते

मेरो आर्थिक मेरो आर्थिक माघ ५ गते २०८२ १:४३ PM
उत्तरी चीनको कारखानामा शक्तिशाली विस्फोट: दुई जनाको मृत्यु, ८४ जना घाइते

काठमाडौँ । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । विस्फोटमा पाँच जना बेपत्ता रहेको बताइएको छ ।

आन्तरिक मंगोलियाको बाओगाङ युनाइटेड स्टील प्लान्टमा भएको विस्फोटले वरपरको क्षेत्रमा ठूलो कम्पन निम्त्याएको चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

भिडियोहरूले धुवाँको ठूलो मुस्लो र जमिनभरि छरिएको देखाएका छन्, जसमा छाना र पाइपबाट निस्केका भग्नावशेषहरू पनि देखिएको छ । अस्पतालमा भर्ना भएका दर्जनौंमध्ये पाँच जना गम्भीर घाइते भएका छन्। अधिकारीहरूले विस्फोटको कारणको अनुसन्धान गरिरहेको बताएका छन् ।

बाओगाङ युनाइटेड स्टील एक प्रमुख राज्य स्वामित्वको फलाम र स्टील कम्पनी हो । चीनमा कारखाना विस्फोट, खानी भत्किने र पहिरो जस्ता औद्योगिक दुर्घटनाहरूको लामो इतिहास छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?