फागुन १९ गते २०८२ --:--:--
मेनु

ईरानमा अहिलेसम्म १७६ बालिकासहित ७४२ नागरिकको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०८२ ३:५७ PM
ईरानमा अहिलेसम्म १७६ बालिकासहित ७४२ नागरिकको मृत्यु

काठमाडौँ । ईरानमा भएको अमेरिकी-इजरायली हवाई हमलामा मृत्यु हुनेहरूको संख्या कम्तीमा ७४२ पुगेको मानवअधिकार समूहले जनाएको छ । यसमा १७६ बालिका पनि समावेश छन्।

मानवअधिकार समुहले पछिल्ला २४ घण्टामा मात्रै ८५ नागरिक र ११ सैनिकको मृत्यु भएको छ । यसअघि ईरानी रेड क्रिसेन्ट सोसाइटीले मृतक संख्या ५५५ जनाको रिपोर्ट गरेको थियो, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

यसैबीच, ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आइआरजिसी) ले हॉर्मुज स्ट्रेट बन्द गरेको जनाएको छ । यो मार्ग विश्वको तेल आपूर्ति लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । आइआरजिसीका अधिकारीले सरकारी टेलिभिजनमा यस बाटोमा कुनै पनि जहाजले यात्रा गर्ने प्रयास गरेमा रोक्ने र निशाना बनाउने तयारी गरिएको बताएका छन् । 

साथै, आइआरजिसीले साउदीमा रहेको अमेरिकी दुताबास र बहरीनमा रहेको अमेरिकी एयर बेसमा हमला गरेको बताएको छ । संगठनका अनुसार, शेख ईसा क्षेत्रमा अमेरिकी बेसमा २० ड्रोन र ३ मिसाइल प्रहार गरिएको छ । यस हमलामा मुख्य भवनमा क्षति पुगेको र इन्धन ट्याङ्कहरूमा आगो लागेको दाबी गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?