काठमाडौँ । ईरानको मिनाब शहरस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा ज्यान गुमाएका १६५ छात्राको सार्वजनिक रूपमा सामूहिक अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी भएका थिए । सो अवसरमा पीडित परिवारका सदस्यहरूले भावुक मन्तव्य दिएका थिए । एक आमाले मञ्चबाट अमेरिका माथि आक्रमणको आरोप लगाउँदै आक्रोश व्यक्त गरेकी थिइन् । उपस्थित भीडले अमेरिका र इजराइलविरुद्ध नाराबाजी गरेका थिए ।
ईरानी सरकारी सञ्चारमाध्यमहरूले उक्त हमलाको आरोप इजराइलमाथि लगाएका छन् । तर इजरायली सेनाले भने सो क्षेत्रमा कुनै आक्रमणबारे जानकारी नभएको जनाएको छ । घटनापछि क्षेत्रीय तनाव झन् बढेको छ र अन्तर्राष्ट्रिय समुदायले अवस्थालाई नजिकबाट नियालिरहेको छ ।













