काठमाडौँ । लेबनानमा इजरायली आक्रमणका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पूर्वी बेक्का उपत्यकाको नबी क्षेत्रमा भएको हवाई आक्रमणमा यी मानवीय क्षति भएको हो ।
पछिल्लो एक सातायता इजरायली सेनाले दक्षिणी लेबनान तथा बेरुतको दक्षिणी उपनगरका बासिन्दालाई ठूलो परिमाणमा जबरजस्ती स्थान खाली गर्न आदेश दिएको जनाएको छ। यसका कारण ती क्षेत्रका धेरै नागरिक घर छोडेर अन्यत्र जान बाध्य भएका छन् ।
संघर्ष सुरु भएयता लेबनानमा दुई सयभन्दा बढी मानिसको ज्यान गएको छ। साथै करिब ९५ हजार मानिस विस्थापित भएका बताइएको छ।













