फागुन २६ गते २०८२ --:--:--
मेनु

लेबनानमा इजरायली आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक फागुन २६ गते २०८२ ८:२९ AM
लेबनानमा इजरायली आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा जारी सैन्य द्वन्द्वका कारण बालबालिकामाथि गम्भीर असर परेको संयुक्त राष्ट्रसंघको बालकोषले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको बालकोषका अनुसार लेबनानमा हालसम्म कम्तीमा ८३ बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन् ।

संस्थाले क्षेत्रको जारी हिंसात्मक अवस्थाले सबैभन्दा बढी असर बालबालिकामाथि परेको बताएको छ। उनीहरूको ज्यान, सुरक्षा र आधारभूत आवश्यकतामा गम्भीर जोखिम बढिरहेको जनाइएको छ ।

बालकोषले द्वन्द्वमा संलग्न सबै पक्षलाई बालबालिका र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न पनि अपिल गरिएको छ ।

हिंसा रोकिएन भने बालबालिकाको मृत्यु र घाइते हुने संख्या अझ बढ्न सक्ने चेतावनी संस्थाले दिएको छ । ठूलो संख्यामा बालबालिका मानसिक आघात र विस्थापनको समस्याबाट पनि प्रभावित भइरहेका जनाइएको छ ।

अमेरिका- इजरायलले इरानमाथि आक्रमण शुरु गरेपछि लेबनानको हिजबुल्लाह समुहले इरानमाथि आक्रमण शुरु गरेको थियो । सो आक्रमणको बदलामा इजरायलले लेबनानमा हवाई र स्थल दुवैबाट आक्रमण गरिरहेको छ ।

यस आक्रमणमा ८३ बालबालिकासहित अहिलेसम्म ३९४ जनाको मृत्यु भएको बताइएको छ । जसमा ४२ जना महिला रहेका छन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?