चैत्र ६ गते २०८२ --:--:--
मेनु

चीनले रासायनिक मल निर्यातमा रोक लगाउन शुरु

मेरो आर्थिक मेरो आर्थिक चैत्र ६ गते २०८२ ११:४२ AM
चीनले रासायनिक मल निर्यातमा रोक लगाउन शुरु

काठमाडौँ । चीनले आफ्नै आन्तरिक बजार सुरक्षित राख्न भन्दै रासायनिक मल निर्यातमा रोक लगाउन सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार यस कदमले पहिले नै इरानसँग सम्बन्धित द्वन्द्वका कारण दबाबमा रहेको विश्व बजारमा थप असर पर्ने देखिएको छ ।

मार्च महिनामा बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसअघि नै लागू रहेका प्रतिबन्ध र युरियामा लगाइएको कोटासहित अब चीनबाट सीमित प्रकारका मल मात्र निर्यात भइरहेका छन् । विशेषगरी अमोनियम सल्फेटजस्ता केही मल मात्र बाहिर पठाउन सकिएको जनाइएको छ ।

यसको अर्थ अघिल्लो वर्ष चीनले निर्यात गर्ने मलको करिब आधादेखि तीन चौथाइ हिस्सा अहिले प्रतिबन्धमा परेको छ । यो मात्रा झण्डै ४ करोड मेट्रिक टनसम्म पुग्न सक्ने बताइएको छ ।

चीन विश्वकै ठूला मल निर्यातकर्तामध्ये एक हो । उसले गत वर्ष मात्रै १३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?