फागुन २५ गते २०८२ --:--:--
मेनु

कारागारका कैदी बन्दीहरुलाई सरसफाई तथा स्वच्छता सामग्री वितरण

मेरो आर्थिक मेरो आर्थिक जेठ ३ गते २०८० २:३७ PM
कारागारका कैदी बन्दीहरुलाई सरसफाई तथा स्वच्छता सामग्री वितरण

रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाले कारागारका कैदी बन्दीहरुको लागि सरसफाई र स्वच्छता सम्बन्धि सामग्री वितरण गरेको छ ।
मनैदेखिसेवा भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजना र जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा कारागार कार्यालय प्यूठानमा रहेका कैदी बन्दीहरुको लागि सोमवार एक कार्यक्रम विच सरसफाई तथा स्वच्छता सामग्री वितरण गरेको हो ।
कारागार कार्यालयमा रहेका ७४ जना कैदी बन्दीहरु मध्ये ६९ पुरुष र ५ महिलाको लागि उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सामग्रीहरुमा मर्यादा सामग्री ५ थान ९महिलाहरुको लागि० ,मास्क ७४ प्याकेट, दाँत माझ्ने बु्रस र कोलगेट ६९ थान, नुहाउने र कपडा धुने साबुन ६९ थान, विस्कुट ७४ पिस, लिटो २ प्याकेट (बच्चाहरुको लागि) र ४ थान ५०० मि.लि. सेनिटाइजर रहेको छन ।
जाँ हेनरी ड्युनाको जन्मजयन्तीको अवसर पारी प्रत्येक बर्ष मे ८ तारिकका दिन विविध कार्यक्रम गरी विश्वभरी यो दिवस मनाउने गरिएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा सभापति गुमानराज पुलामी, सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनी, कारागार कार्यालय प्यूठानका प्रमुख सुर्य बहादुर पन्त, नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा कोषाध्यक्ष घनश्याम न्यौपाने, कार्यसमिति सदस्य मिना गरी लगायत जिल्ला शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला शाखामा कार्यरत कर्मचारी देवीराम शर्माले गर्नुभएको हो ।
त्यस्तै विश्व रेडक्रस दिवसको अवसरमा गौमुखी गाउपालिका ठूलावेसिमा विपद व्यवस्थापनको लागि नेपाल रेडक्रस सोसाइटि जिल्ला सभापतिले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?