काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले महानगर क्षेत्रमा भ्रष्टाचार भएमा आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । नगरप्रमुख शाहले आफ्नो सामाजिक सञ्जालमार्फत सो अनुरोध गरेका हुन् ।
उनले महानगरपालिकाका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै प्रकार पैसा मागेमा प्रमाणसहित सम्पर्क गर्न सकिने जनाएका छन् । भ्रष्टाचार हेर्न नसक्ने भएकाले महानगरमा सो कार्य रोक्न उनले अनुरोध गरेको जनाएका छन् ।
ुभ्रष्टाचार भएको हेर्न नसक्ने भन्दै काठमाडौ महानगर पालिका कार्यालयमा कुनै कर्मचारीले कुनै प्रकारमा पैसा मागेमा प्रमाण सहित भिडियो अडियो सहित सम्पर्क गर्न उनले फेसबुक मार्फत अनुरोध गरेका छन् ।













