Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

नगरपालिकाद्धारा फिक्कल अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २३ गते २०८०
नगरपालिकाद्धारा फिक्कल अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

नेपालको पुर्वी भागमा अवस्थित सूर्योदय नगरपालिकामा बिकासको गति सँगै स्वास्थ्य क्षेत्रमा पनि ब्यापक सुधार देख्न सकिन्छ । यसै सिलसिलामा सूर्योदय नगरपालिकाको सम्पूर्ण टोल–टोल सम्म अस्पतालको एम्बुलेन्स पुर्याउने उद्देश्यले सूर्योदय नगरपालिकाले 'ख ' बर्गको एम्बुलेन्स फिक्कल अस्पताललाई हस्तान्तरण गरेको हो ।


अलवेदर सडक सञ्जालको बिकास सँगै एक गाँउ एक बाटोको निति अवलम्वन गरेको नगरपालिकाको हरेक टोलमा एम्बुलेन्सको पहँुच पुर्याउने योजना पुरा हुने अपेक्षाका साथ द्रुत सेवा प्राप्त हुने तथा बिरामीलाई आरामदायी हुने कुरामा दुईमत छैन । नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेटबाट खरिद गरिएको यस एम्बुलेन्सबाट नगर र नगरको छिमेकी पालिकाहरू समेतले सेवा लिन सक्ने कुरा सूर्योदय न.पा.का नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भएको छ ।


राईका अनुसार यस एम्बलेन्समा Patient Monitor, Oxygen Cylinder, Sliding Patient Bed , wheelchair and Trolley, Camera, GPS, Radio Communication walkie-talkie, CRP Board लगायत अन्य उपकरणहरू जडित छन् यस्ता ख बर्गको एम्बुलेन्स ईलाममा तीनवटा सञ्चालनमा रहेको जानकारी प्राप्त भएको सूर्योदय न.पा.का नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भएको छ ।

Add a new comment