Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

नगरपालिका र मुक्ति मा. वि. बिच निशुल्क विद्यार्थी भर्ना सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २६ गते २०८०
नगरपालिका र मुक्ति मा. वि. बिच निशुल्क विद्यार्थी भर्ना सम्झौता

जिल्लाको प्युठान नगरपालिकाद्वारा अविभावक विहिनलाहरुलाई निशुल्क शिक्षाको व्यवस्था गरिदिएको छ । प्यूठान नगरपालिका र प्यूठान नगरपालिका वडा न-३ मा रहेको मुक्ति माध्यमिक विद्यालय रातामाटा बिच २०८० जेठ ८ गते सोमवार भएको सम्झौता अनुसार प्यूठान नगरपालिका भित्रका अभिभावक बिहिन बालबालिकाहरुका लागि आवासिय सुविधा सहितको निशुल्क विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।

भर्ना हुन आउने बालबालिकाहरुको लागि आवश्यक कागजातहरु स्थायी बसोवास गरेको स्थानीय तह वडा कार्यालयको सिफारीस पत्रमा बुवाआमा दुवैको मृत्यु भएको हुनुपर्ने छ। बाबुको मृत्यु भएको र आमा विगत २ वर्षदेखी सम्पर्कविहिन भएको अथवा विवाह गरी अन्तै गएको तथा आमाको मृत्यु भएको र बाबु विगत २ वर्ष देखि सम्पर्कविहिन भएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि लिनुपर्ने छ। जन्मदर्ता अनुसार ६ वर्ष उमेर पुरा गरेको हुनुपर्ने विद्यालय स्रोतले जनाएको छ । कक्षा १ देखि १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुले यो सुविधा पाउने छन। बालवालिकाको संरक्षकले आफ्नो नागरिकताको प्रतिलिपि सहित बालबालिकालाई ल्याएर विद्यालयमा यथाशिघ्र तोकिएको ढाँचामा विद्यालय समक्ष सम्झौता गर्नुपर्ने छ ।

आवासीय छात्रावासमा बस्ने अभिभावक विहिन बालबालिकाहरुले प्यूठान नगरपालिकाले तोकेको मापदण्ड अनुसारको सेवा सुविधा उपलब्ध विद्यालयले गराउने छ। । कक्षा १ देखि १० सम्मको यहि जेठ २८ गते आइतवार देखि आवसीयसुविधा सहित पठनपाठन सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक दामोदर बिस्टले जानकारी दिनभयो।भर्ना हुन आउने विद्यार्थी हरुका लागि सुचनामा तोकिएअनुसारको कागजपत्र लिएर आउन जानकारी गराएको प्रधानाध्यापक बिस्टले बताउनुभयो । यो कार्य जिल्लामै पहिलो पटक प्युठान नगरपालिकाले गरेका हो ।

Add a new comment