Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

सुर्योदय नगरपालीकामा पहिलो रोजगार मेला सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
असार १ गते २०८०
सुर्योदय नगरपालीकामा पहिलो रोजगार मेला सम्पन्न

इलाम : सुर्योदयनगरपालिकामा पहिलो रोजगार मेला सम्पन्न भएको छ । नगरपालिकाले रोजगार मेला सम्पन्न गरेको हो । उक्त मेलामा सयौं ईच्छुक सहभागीहरू उपस्थित रहेका थिए ।
नगरपालिकले सम्मान जनक रोजगारको निम्ति रोजगारदाता र आबेदकहरूबीच पुलको काम गर्नको निम्ति उक्त काम थालनी गरेको मेयर रण बहादुर राईले बताउनु भयो । उहाँका अनुसार उक्त कार्यक्रम निकै प्रभापकारी भएको जानकारी गराउनु भएको छ ।
नगरपालिकले यसका साथै दश महिने Cook र Fabricator को निशुल्क तालिम पनि संचालन गर्दै छ । तालिम मात्रै नभएर Industries / Hotels मा नै लगेर व्यावहारिक ज्ञान उपलव्द गराई व्यवहारिक वनाईने बताईएको छ ।
Enhanced Skills for Sustainable and Rewarding Employment- ENSSURE प्रदेशको १३ वटा पालिकाहरूमा संचालन छन् । त्यहि परियोजना अन्तर्गत यो मेला संचालन गरिएको राईको भनाई छ ।
सूर्योदय नगरपालिकाको माध्यमिक विद्यालयहरूमा वृत्ति परामर्श ( Career Guidance) पनि प्रारम्भ भैसकेको र विद्यार्थीहरूले आफ्नो भविष्यको निम्ति रोजगार त्यहि अनुसारको विषय छनौंट गर्न सक्ने गरी परामर्श दिईने बताईएको छ ।

Add a new comment