फागुन २५ गते २०८२ --:--:--
मेनु

गौमुखी गाउँपालिकाको आयोजनामा प्युठानमा स्वास्थ्य शिविर सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १७ गते २०८० १२:१२ PM
गौमुखी गाउँपालिकाको आयोजनामा प्युठानमा स्वास्थ्य शिविर सम्पन्न

गौमुखी गाउँपालिकाको आयोजनामा प्युठानमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मानसिक अस्पताल लगनखेल काठमाडौं एवं प्युठान अस्पतालको प्राबिधिक सहयोग  तथा स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा एक दिवसीय शिविर संचालन बिहिबार सम्पन्न भएको हो ।

गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाको अध्यक्षतामा  भएको शिविरमा गौमुखी गाउँपालिका भित्र रहेका विशेष गरि मानसिक बिरामी तथा अन्य बिरामीहरुको स्वास्थ्य चेकजाँच तथा परिक्षण सम्पन्न भएको  थियो । स्वास्थ्य चेकजाँच तथा परीक्षणमा २ सय ३० जना बिरामीले सेवा लिएको कार्यालयले जनाएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार २ सय ३० जना बिरामी मध्ये १ सय ८ जना मानसिक रोग सम्बन्धि सामान्य बिरामीलाई चेकजाँच तथा  औषधि दिएको  र केही गम्भीर प्रकृतीका बिरामीलाई  परामर्श ,सल्लाह सुझाव दिई थप उपचारको लागि अनुरोध गरिएको  जनाएका छन् ।

गाउँपालिकाद्वारा हाल २ जना मानसिक बिरामीलाई काठमाडौंमा  उपचार गराईरहेको समेत जनाइएको छ । उपचाररत बिरामीहरुको स्वास्थ्य अबस्था सुधारात्मक रहेको गाउँपालिकाले बताएको छ ।

शिविरमा मानसिक रोग अस्पताल लगनखेलका निर्देशक तथा विशेषज्ञ डाक्टर अनन्त प्रसाद अधिकारी ,प्युठान अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डाक्टर पंकज पाठक ,स्वास्थ्य चौकी पुजामा कार्यरत मे.अ डाक्टर सुप्रीम बन्जाडे लगायतले स्वास्थ्य चेकजाँच गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?